धनगढी मेयरमा स्वतन्त्रको जीत, उपमेयरमा एमालेकी राना विजयी
काठमाडाैं | जेठ ८, २०७९
कैलाली- सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित हुनुभएको छ । हमाल १२ हजार बढी मतले निर्वाचित हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रमुखमा नेकपा (एमाले)का रणबहादुर चन्दले नौ हजार ११५ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार कन्दकला राना निर्वाचित हुनुभएको छ । उहाँले १५ हजार ४७९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गर्नुभएको छ ।
उप्रमुखका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले छ हजार ६०९ मत प्राप्त गर्नुभएको छ । ९३ हजार १५१ मतदाता रहेको उपमहानगरपालिकामा ६३ हजार ६४७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् । नेपाल...
पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ। शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो। मृत्य...

